हिल्सामा सीमा सुरक्षा चौकी, बढाइदै सीमा नाकामा सशस्त्रको गस्ती
काठमाडौं । नेपाल र चीनको सीमानाका हुम्लाको हिल्सामा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । देशभरका सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने क्रममा नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा पहिलो पटक सीमा सुरक्षा चौकी स्थापना भएको हो ।
सीमाको सुरक्षा तथा अन्य अपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नु वीओपीको पहिलो प्राथमिकता रहेको सशस्त्र प्रहरीले जनाएको छ । तत्कालका लागि हिल्साको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पच्चीस जनाको टोली राखिएको छ । कर्णाली प्रदेशका सीमा जोडिएका जिल्लामध्ये पहिलो हुम्ला जिल्लाको हिल्सा नाकामा स्थापना भएको बीओपी तत्कालका लागि भाडाको घरमा राखिएको छ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सिमा सुरक्षा गर्दै आएको थियो ।
अझै नेपाल–चीन सीमानाका नाम्खा गाउँपालिकाको लाप्चा, सिमकोट गाउँपालिकाको चुवाँखोला र चंखेली गाउँपालिकाको टाँकेमा सीमा सुरक्षा चौकी स्थापना भएका छैनन् । आवश्यकता अनुसार नेपाल भारत र नेपाल चीन नाकमा सीमा सुरक्षा चौकी विस्तार गर्ने सशस्त्र प्रहरीको योजना छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्