विद्यालय बन्द हुँदा घरमै विद्यार्थी, शुल्क तिर्न नीजि विद्यालयको ताकेता
काठमाडौं । कोरोना भाइरसको महामारीले सबै विद्यालय बन्द छन् । विद्यार्थीहरुको पठनपाठन रोकिएपछि घरमै बस्नुपर्ने अवस्था आउँदा निजी विद्यालयहरु भने शुल्क बुझाउन अभिभावकलाई दबाब दिइरहेका छन् । निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्ति जारी गरेर बन्द भएका विद्यालयमा शुल्क बुझाउन अभिभावकलाई दबाब दिएका हुन ।
तीन महिनादेखि शिक्षक कर्मचारीलाई तलब दिन नसकिएको, भाडा बुझाउन समस्या भएको, बैंकको ब्याज तिर्न समस्या भएको र सरकारले कर छुट नदिएको लगायतका समस्या देखाएर उनीहरुले शुल्क तिर्न ताकेता गरेका छन् । नीजि विद्यालयले शुल्क तिर्न आग्रह गरेको समयमा विद्यालयहरु बन्द थिए भने पठनपाठन ठप्प थियो । पैसा उठाउने बाहानामा सामाजिक दुरी कायम गर्दै विद्यालयमा उपस्थित भएर नयाँ र पुरानो अभिलेखीकरण गराउन विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा २०७६ सालको बाँकी बक्यौता सम्भव भएसम्म भुक्तानी गर्न र २०७७ सालको शुल्क बुझाउन आग्रह गरिएको छ ।
रेडियो टीभीको बैकल्पिक शिक्षाको समेत शुल्क लिने संकेत
लकडाउनको बेला पनि इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा सुरु गरेको, रेडियो, टीभीलगायतका सञ्चारमाध्यमबाट अध्यापन गराउदा खर्च भएको दाबी उनीहरुले गरेपनि रेडियो र टेलिभिजनको पठनपाठन सुरु भएको एक साता पनि पुगेको छैन । विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्नाका लागि समेत उनीहरूले आग्रह गरेका छन् ।
नयाँ तथा पुराना विद्यार्थीले अभिलेखीकरण गराउनुपर्ने नाममा प्याब्सन र एनप्याब्सनले अनलाइन कक्षाको समेत शुल्क उठाउन खोजेको देखिन्छ । बैशाखदेखि नै अनलाइन कक्षाहरू सञ्चालन भएको दाबी गरिदैगर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएर अनलाइन कक्षा सुरु भएको एक साता मात्रै भएको छ । यता, नीजि विद्यालयमा पढाउने शिक्षक, शिक्षिकाहरु अभिभावकसँग शुल्क लिएको समयको समेत तलब नपाएको गुनासो गरिरहेका छन् ।
यस्तो छ, दुई पेज लामो विज्ञप्ती
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्