Techie IT
Mission Khabar

पछिल्लो एक सातामै थपिए ३६९१ संक्रमित, कोरोनाबाट ज्यान गुमाउने २३ पुगे

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६


काठमाडौं । नोभेल कोरोना भाइरसका ४ सय २१ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । देशभर कोरोना संक्रमण जित्नेहरुको संख्या १ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभरका विभिन्न कोरोना अस्पतालबाट १ सय ९४ जना डिस्चार्ज भएका छन् ।

देशका ७७ जिल्ला मध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । अहिलेसम्म बागमती प्रदेशको रसुवामा मात्रै कोरोना विस्तार भएको छैन । आइतबार मात्र अओखलढुंगाको लिखु गाउँपालिकाका २८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ । ओखलढुंगामा पहिलो कोरोना संक्रमितका रुपमा पहिचान भएका युवा एक साताअघि भारतको गोरखपुरबाट जिल्ला प्रवेश गरेर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

कहाँ–कहाँ थपिए संक्रमित ?

अर्घाखाँचीमा ७४, सिराहाका ५२, डडेलधुराका ४१, डोटी र कैलालीका २७ २७ जना, कपिलवस्तुमा २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १० १० जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका ८, गुल्मीका ७, झापा र सल्यानका ६ ६ जना, उदयपुर, सर्लाहीका ५ ५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४ ४ जना, बारा र बर्दियाका ३ ३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २ २ मा संक्रमण पुष्टि भएको छ । ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १ १ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो एक सातामै थपिए ३६९१ संक्रमित
गत आइतबार ४२५, सोमबार ४५१, मंगलबार ३८०, बुधबार ५८६ जनामा कोरोना संक्रमण पुष्टि भयो । बिहिबार सबैभन्दा बढी ६७१ जना संक्रमित थपिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएकोमा शनिबार ३३१ जनामा कोरोना पुष्टि भयो । आइतबार ४२१ संक्रमित थपिए ।

परिक्षण र उपचारको अवस्था
देशभर हालसम्म एक लाख ७५ हजार १ सय ७३ पीसीआर परीक्षण हुँदा पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८ जनाको पीसीआर परीक्षण गरिएको छ । दुई लाख ६२ हजार २ सय ७४ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ९४ हजार ९ सय २८ मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार २ सय ३१ कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।

मृतकको संख्या २३ पुग्यो
गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुष कोरोना संक्रमणका कारण मृत्यु भएको औपचारिक पुष्टि भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । प्यारालाइसिस उपचार गरेर जेठ २५ गते भारतबाट नेपाल आएका उनको होम क्वारेन्टइनमा असार ५ गते निधन भएको थियो । ६ गते कोरोना पुष्टि भएका उनको शव व्यवस्थापन नेपाली सेनाले गरिसकेको छ ।

सिन्धुपाल्चोकमा १, बाँकेमा २, गुल्मीमा २, बारामा १, ललितपुरमा १, अर्घाखाँचीमा २, दैलेखमा १, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा ३, डोल्पामा १, स्याङ्जामा १, चितवनमा १, पर्सामा २ र गुल्मीमा १ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्