Techie IT
Mission Khabar

स्वास्थ्य सामाग्री खरिदमा उठेका प्रश्नमाथी सेनाको खण्डन, राम्रो काम गर्दा अनावश्यक विवाद


काठमाडौं । नेपाली सेनामाथी स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको अभियोग लागेसँगै सेनाले पृतनापति समन्वयात्मक बैठक मार्फत अभियोगको खण्डन गरेको छ । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध राम्रो काम गर्दागर्दै विवादमा मुछिएको भन्दै असन्तुष्टि जनाएको हो ।

सैनिक नीति तथा योजना तय गर्न छलफल गरिने ‘पृतनापति समन्वयात्मक बैठक’ मार्फत महामारीमा सेनाले गरेका कामकारबाहीबारे छलफल गर्दै राम्रो काम गर्दा समेत अनावश्यक विवादमा पारिएको निष्कर्ष निकालेको छ । जङ्गी अड्डामा दुई दिनसम्म चलेको बैठकमा जर्नेलहरुले कोरोना महामारीमा राम्रो काम गर्दा गर्दै पनि सेनालाई विवादमा तानिएको धारणा राखेका थिए । ओम्नी समूहको विवादित ठेक्का प्रकृयाबाट ल्याइएका कतिपय सामाग्री भन्दा सेनाले ल्याएका सामाग्री महंगो परेको भन्दै राज्यकोषमा आर्थिक भार परेको बारे विभिन्न समाचार प्रकाशित भएका थिए ।

यस्तै, नेपाली सेना र स्वास्थ्य सेवा विभाग मार्फत ल्याइएका कतिपय सामाग्रीमा पर्नेभन्दा बढी मुल्य तिरिएका कारण सरकार आफै अनियमिततामा सक्रिय भएको भन्दै अझपनि चौतर्फी बिरोध भइरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्