Techie IT
Mission Khabar

कोरोना निको भएको सुनिश्चित गरेर मात्रै बिरामीलाई घर पठाउन सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पीसीआर परीक्षण गरेर मात्र घर पठाउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरु आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्ताङको इजलाशले पूर्ण रुपमा निको भएको सुनिश्चिता गरेर मात्रै बिरामीलाई घर पठाउन सरकारको नाममा आदेश दिएको हो ।

स्वास्थ्य उपचारलाई संविधानमा मौलिक हक अन्तर्गत राखिएको भन्दै आफ्ना नागरिकलाई पूर्ण रुपमा उपचार गर्ने दायित्वबाट नभाग्न आदेशमा भनिएको छ । जेठ २० गते सरकारले उपचारमा रहेका कोरोना संक्रमितलाई लक्षण नदेखिएका आधारमा डिस्चार्ज गर्ने र उनीहरुको पीसीआर परीक्षण गर्न नपर्ने निर्देशिका जारी गरेको थियो । सर्वोच्चले उक्त निर्देशिकाको दफा ६ मा उल्लेखित लक्षण नभएका बिरामीलाई पीसीआर परीक्षण बिनै घर पठाउने निर्देशन हाल कार्यान्नयन नगरी पीसीआर परीक्षणपछि रोग मुक्त भएको सुनिश्चितता भए मात्रै घर पठाउन माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले रिट दायर गरेका थिए ।

कतिपय स्थानमा आरडीटी जाँच गरेर रिपोर्ट नेगेटिभ आएको भन्दै पीसीआरको रिपोर्ट नआउँदै घर पठाइएकाहरुमा कोरोना पुष्टि भएपछि परिवार र समुदायस्तरमा त्रासदी बढेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्