नेपालमा कोरोना संक्रमित १० हजार नाघे, २४ जनाको मृत्यु
७६ जिल्लामा कोरोना, २२२४ जनाले जिते संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५३८ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण विस्तार भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु
तेह्रथुमका २ जना, झापाका १२ जना, सुनसरीका ३ जना, मोरङका २ जना, सप्तरीका २२, सर्लाहीका २ जना, सिरहाका ७ जना, महोत्तरीका १२ जना, धनुषाका ३९ जना, रौटहटका १३ जनामा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएको छ ।
धादिङका १८ जना, गोरखाका २९ जना, नवलपरासी पूर्वका २२ जना, बाग्लुङका १४ जना, कास्कीका ८ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, लमजुङका ५ जना, गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, पर्वतका २२ जना, प्युठानका ५० जना, रुपन्देहीका ३ जना, पाल्पाका ४८ जना, दाङका १९ जना , सल्यानका ४, अर्घाखाँचीका २ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जनामा कोरोना पुष्टि भएको छ ।
२२२४ जनाले जिते कोरोना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७६ संक्रमिति कोरोना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या २ हजार २ सय २४ पुगेको छ ।
२४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए
सोमबार राती ९ :३० बजे प्रादेशिक अस्पताल सुर्खेतमा निधन भएका दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा २, गुल्मीमा २, बारामा १, ललितपुरमा १, अर्घाखाँचीमा २, दैलेखमा १, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा ३, डोल्पामा १, स्याङ्जामा १, चितवनमा १, पर्सामा २ र गुल्मीमा १ जनाको मृत्यु भएको थियो ।
पछिल्लो पाँच दिनमा थपिएका कोरोना संक्रमित
अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित बिहीबार ६७१ जना थपिए । शुक्रबार ४२६, शनिबार ३३१, आइतबार ४२१ र सोमबार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भयो ।
जाँच र उपचारको अवस्था
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर मंगलबारसम्म १ लाख ८६ हजार ३६६ जनाको पीसीआर परीक्षण तथा २ लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा बस्नेहरुको संख्या ८५ हजार ८१३ छ । आइसोलसनमा ७ हजार ८५१ कोरोना संक्रमितहरु उपचाररत छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्