Techie IT
Mission Khabar

थप एक जनाको मृत्यु,नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५ पुग्यो

१०७२८ संक्रमित २३३८ जनाले जिते कोरोना


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको हो ।

मृतक असार ८ गते आइसियूमा भर्ना भएका थिए । उनको शव व्यवस्थापनको नेपाली सेनाले गर्दैछ । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । गण्डकी प्रदेशमा बिहिबार विहानसम्म कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ । यसअघि, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीया पुरुषको उपचारका क्रममा निधन भएको थियो ।

सिन्धुपाल्चोकमा १, बाँकेमा २, गुल्मीमा २, बारामा १, ललितपुरमा १, अर्घाखाँचीमा २, दैलेखमा १, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा ३, डोल्पामा १, स्याङ्जामा १, चितवनमा १, पर्सामा २ र गुल्मीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बुधबार थप ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । अहिलेसम्म २ हजार ३३८ जनाले कोरोना जितेका छन् । देशका ७७ जिल्ला मध्ये रसुवा बाहेकका ७६ जिल्लामा कोरोना संक्रमण विस्तार भएको छ । अधिकांश संक्रमित भारतबाट स्वदेश फर्किएकाहरु छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्