Techie IT
Mission Khabar

बढ्दै मनसुनको जोखिम, तीन दिनसम्म यी नदी तथा खोला क्षेत्रमा सतर्क रहनुस्


काठमाडौं । देशमा कोरोनाको महामारी त बढिरहेको छ नै मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुवानको जोखिम बढ्न थालेको छ । देशको तराईमा बाढी र डुवान, पहाडी क्षेत्रमा पहिरोको प्रकोप सुरु हुँदैगर्दा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीनदिन देशका विभिन्न नदीमा बहाव बढ्नसक्नेतर्फ सचेत गराउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार अबको तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव बढ्ने छ । सबैमा बहाव सतर्कताभन्दा तलै रहने आँकलन गरिएकोमा कोसी र कर्णालीका केही साना सहायक नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने उल्लेख गरिएको छ । विभागले जारी गरेको बुलेटिन अनुसार बिहिबार कन्काइ, कमला, वागमती, पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्ने, सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । कन्काई, बागमती, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा तुलनात्मकरुपमा बहाब बढि भएर केहीमा सतर्कता तह आसपास पुग्नसक्नेतर्फ सचेत गराइएको छ ।

झापा, मोरङ, सुनसरी, धनकुटा, प्रदेश २ का सबै जिल्ला, उदयपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं उपत्यका, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, दाङलगायत पाँच नम्बर प्रदेशका सबै जिल्ला, सुदूरपश्चिमका जिल्लाका खोलाहरुमा बढ्ने बहावले हुनसक्ने क्षतीतर्फ सचेत हुन नदी खोला आसपासका नागरिकमा भनिएको छ । झरीसँगै नदी तथा खोलाको बहाब तीनदिनसम्मै बढ्न सक्ने पूर्वानुमान सहित सतर्क रहन आग्रह गरिएपनि महाशाखाले हरेक दिनको बुलेटिन निकालेर साबधान गराउनेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्