Techie IT
Mission Khabar

बढ्दै कोरोनाको त्रास, असारको ११ दिनमै थपिए पाँच हजार ४ सय संक्रमित

१११६२ मा संक्रमण पहिचान हुँदासम्म २६ को मृत्यु


काठमाडौं । नेपालमा कोरोनाको संक्रमण र मृत्युदर बढ्दो क्रममा देखिएको छ । असारको ११ दिनमा मात्रै ५४०२ जनामा कोरोना संक्रमण पहिचान भएको छ । पछिल्लो २४ घण्टामा थप ४३४ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित
काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुष । सबैभन्दा धेरै पाल्पामा १२२ जना, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३ १३ जना र डडेलधुराका १२ जना, तनहुँ र धनुषाका ९ ९ जना, बाजुरा र सप्तरीका ८ ८ जना, प्युठान र रुपन्देही ७ ७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६ ६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५ ५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३ ३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २ २ मा संक्रमण पुष्टि भएको छ । बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १ १ जनामा संक्रमण पुष्टि ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण देशका ७७ मध्ये ७६ जिल्लामा विस्तार भएको छ । रसुवा जिल्ला अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छ । संक्रमितको संख्या ११ हजारबाट उकालो लाग्दैगर्दा २ हजार ६ सय ५० जना कोरोनामुक्त भएका छन् । अझैपनि क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन् । जसका कारण अझै कोरोना संक्रमण विस्तार हुँने आँकलन गरिदैछ । बैशाखबाट तिब्र गतिमा विस्तार भएको कोरोना जेठ र असारमा थप विस्तार भएको छ ।

असारको ११ दिनमै थपिए ५४०२ जना संक्रमित
असार १ अर्थात सोमबार ४५१, मंगलबार ३८०, बुधबार ५८६ जना, बिहिबार सबैभन्दा बढी ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जनामा, आइतबार ४२१, असार ८ गते सोमबार ५३५ जनामा, मंगलबार ५३८ जना, बुधबार थप ६२९ जनामा र विहिबार ४३४ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

बिहिबारसम्म २६ जनाको मृत्यु
बिहिबार स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा र पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका पुरुषको मृत्यु भयो । दुबैको कोरोनाका कारण मृत्यु भएको पुष्टि बिहिबार गरिएको थियो ।

यसअघी, सिन्धुपाल्चोकमा १, बाँकेमा २, गुल्मीमा २, बारामा १, ललितपुरमा १, अर्घाखाँचीमा २, दैलेखमा २, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा ३, डोल्पामा १, स्याङ्जामा १, चितवनमा १, पर्सामा २ र गुल्मीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

दैलेखमा क्वारेन्टाइनबाट घर फर्किएर आत्महत्या गरेका एक युवामा समेत मृत्युपछि गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यसबारे भने स्वास्थ्य मन्त्रालयले केही बोलेको छैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्