Techie IT
Mission Khabar

कोरोना संक्रमित १२ हजार नजिक, परिक्षणको दायरा बढाउन १० वटा प्रयोगशाला थपिदै

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सहित विभिन्न जिल्लामा ५९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

यी जिल्लामा थपिए कोरोना संक्रमित
मोरङका २ जना, झापाका ४ जना, सुनसरीका १० जना, धनुषाका १५ जना, महोत्तरीका ४ जना, बाराका २ जना, सिरहाका ६ जना, रौटहटका ५१ जना , दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सुर्खेतका १२ जना र जुम्लाका ३ जना अछामका १ जना, बैतडीका २५ जना, बझाङका ९ जना, बाजुराका २७ जना, दार्चुलाका ३ जना, डोटीका ४६ जना, सल्यानका ४ जना, कैलालीका ३१ जना, कञ्चनपुरका ४२ जना, रुपन्देहीका ६ जना, दाङका ७५ जना, प्युठानका २० जना, कपिलवस्तुका २१ जना, कास्कीका २ जना, लमजुङका ६ जना, बागलुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना, अर्घाखाँचीका ३ जना, गुल्मीका २५ जना, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, गोरखाका ६ जना, नवलपरासी पूर्वका २३ जना, नुवाकोटका १ जना, काठमाडौंका ३ जना, चितवनका १२ जना, सिन्धुलीका ६ जनामा कोरोना पुष्टि ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या २ हजार ६९८ पुगेको छ ।

कोरोना संक्रमणबाट २७ को मृत्यु
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलाको सोही दिन मृत्यु भएको थियो । अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते संकलन गरिएको स्वावको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा २, गुल्मीमा २, बारामा १, ललितपुरमा १, अर्घाखाँचीमा २, दैलेखमा २, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा ३, डोल्पामा १, स्याङ्जामा २, चितवनमा १, पर्सामा २ र गुल्मीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
दैलेखमा क्वारेन्टाइनबाट घर फर्किएर आत्महत्या गरेका एक युवामा समेत मृत्युपछि गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यसबारे भने स्वास्थ्य मन्त्रालयले केही बोलेको छैन ।

परिक्षण र उपचारको अवस्था
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना संक्रमित उपचाररत रहेका छन् । देशका ७७ मध्ये ७६ जिल्लामा कोरोना विस्तार भएको छ ।

थपिदै १० वटा प्रयोगशाला
सरकारले अहिलेसम्म देशका २३ प्रयोगशालाबाट कोरोना परिक्षण गर्दै आएकोमा १० प्रयोगशाला थप्ने तयारी थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा समन्वय महाशाखा प्रमुख डा. गुणराज लोहनीका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको हो ।

योसँगै नेपालमा आरडीटी तथा पीसीआर जाँच गर्ने प्रयोगशालाको संख्या ३३ पुग्ने र परिक्षणको दायरा बढ्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #corona update, #hot

तपाईको कमेन्ट लेख्नुहोस्