७७ जिल्लामै कोरोना, पछिल्लो १३ दिनमा थपिए ६५४९ जना संक्रमित
काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएर बजार केही चलाएमान बनाएको छ । तर कोरोनाको महामारी झन झन बिस्तारित भैरहेको छ । शनिबारसम्म संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्दा देशका ७७ जिल्लामै कोरोना संक्रमण विस्तार भएको छ । कुवेतबाट फर्किएका ७ जना र भारतबाट आएका २ जना समेत गरेर रसुवामा ९ जनामा कोरोना संक्रमण पहिचान भएपछि सबै जिल्ला कोरोना कहर विस्तार भएको हो ।
यसरी कोरोना विस्तार गर्नेमा अधिकांश भारतबाट स्वदेश फर्किएकाहरु छन भने कुवेतबाट आउनेहरुमा समेत धमाधम संक्रमण पहिचान भइरहेको छ ।
घट्दै परिक्षणको दायरा
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने दाबी गर्दै आएका छन् । तर शनिबार टेष्टको संख्या बढ्नुको साटो घटेर ४६०६ मा सिमित भयो । हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट गरिएको छ । देशभर २३ वटा प्रयोगशाला रहेकोमा १० वटा थपेर ३३ बनाउने निर्णय भएपनि कहिले थपिने निश्चित छैन ।
लकडाउन खुकुलो बनेको १३ दिनमै दोब्बर भए संक्रमित
असार १ अर्थात सोमबार ४५१, मंगलबार ३८०, बुधबार ५८६ जना, बिहिबार सबैभन्दा बढी ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जनामा, आइतबार ४२१, असार ८ गते सोमबार ५३५ जनामा, मंगलबार ५३८ जना, बुधबार थप ६२९ जनामा र विहिबार ४३४ जनामा कोरोना संक्रमण पुष्टि भयो । शुक्रबार ५९३, शनिबार ५५४ जना कोरोना संक्रमित थपिए । शनिबारसम्म १२३०९ संक्रमित पहिचान भएकोमा असारको १३ दिनमै ६५४९ जना थपिएका छन् ।
अहिलेसम्म २ हजार ८ सय ३४ जनाले कोरोना जितेका छन् । भरतपुर अस्पतालको आइसोलेसन उपचारका क्रममा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषकोनिधन भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । कोरोना संक्रमण विस्तार भएर सुरक्षाकर्मी, स्वास्थ्यर्मीमा पहिचान भइरहेको छ । तर सरकार परिक्षणको दायरा बढाएर महामारिको अवस्था एकिन गर्न समेत सकिरहेको छैन ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्