Techie IT
Mission Khabar

प्रवासमा १५८ नेपालीको मृत्यु, १८,७०० संक्रमणमुक्त


काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणका कारण प्रवासमा मृत्यु हुने नेपालीको संख्या १५८ पुगेको छ । अहिलेसम्म प्रवासमा रहेका २६ हजार २२७ जना नेपालीमा भाइरस सङ्क्रमण पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपाली सङ्क्रमण मुक्तहुँदा १ सय ५८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् ।

खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण पहिचान भएको छ । एनआरएनएका अनुसार सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । उद्धार उडान मार्फत ८७ वटा शव समेत नेपाल ल्याइएका छन् । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाउँदा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो समय प्रवासमा रहेका नेपालीमा कोरोना संक्रमण विगतभन्दा कम भएको एनआरएनले जनाएको छ । कोरोनाको महामारी सुरु भएसँगै एनआरएनएले विभिन्न समिति गठन गरेर समस्यामा परेको नेपालीको उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिदै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्