लम्बियो लकडाउन, मापदण्ड पुरा गराउन कडाई गरिने

काठमाडौँ । नेपाल सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार लकडाउन कडाई र खुकुलो बनाउन सक्ने भएपनि निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्नेछ । सरकारको पछिल्लो निर्णयसँगै अबसाउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् । निजी सवारीसाधनमा जोर विजोर प्रणाली कायमै रहदा उद्दार बाहेकका सबै हवाई उडान बन्द रहनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् ।
सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू साउन ७ सम्म बन्द रहनेछन् । स्वास्थ्य सावधानी लगायतका मापदण्ड कार्यान्वयन नभएको निश्कर्ष सहित सरकारले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्