Techie IT
Mission Khabar

असारको १५ दिनमै थपिए ७४८८ कोरोना संक्रमित, मृतकको संख्या २९

पछिल्लो १ महिनामा १२ हजार ३ सय ६३ मा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो १५ दिनमा मात्रै ७ हजार ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्म पहिचान भएका कोरोना संक्रमितको आधाभन्दा बढी हो । असारको १५ दिनमा मात्रै होइन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित असार ४ गते पहिचान भएका थिए । पछिल्लो २४ घण्टामा ४७६ मा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित
डोटीमा ९६ जना, बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जना, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५र५ जना, प्युठान, चितवन र महोत्तरीका ४४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २र२ जनामा, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एकरएक जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ६, भक्तपुर र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको हो ।

असारको १५ दिनमै थपिए ७,४८८ संक्रमित
असार १ अर्थात सोमबार ४५१, मंगलबार ३८०, बुधबार ५८६ जना, बिहिबार सबैभन्दा बढी ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जनामा, आइतबार ४२१, असार ८ गते सोमबार ५३५ जनामा, मंगलबार ५३८ जना, बुधबार थप ६२९ जनामा र विहिबार ४३४ जनामा कोरोना संक्रमण पुष्टि भयो । शुक्रबार ५९३, शनिबार ५५४ जना कोरोना संक्रमित थपिए । आइतबार ४६३ र १५ गते सोमबार ४७६ संक्रमित थपिएसँगै असारको १५ दिनमा संक्रमण पुष्टि हुनेको संख्या ७ हजार ४ सय ८८ पुगेको छ । यो संख्या अहिलेसम्म संक्रमण पहिचान भएको आधा भन्दा बढी हो । पछिल्लो एक महिना अर्थात जेठ १५ देखी असार १५ सम्ममै १२ हजार ३ सय ६३ जना संक्रमित थपिएका छन् ।

२९ जनाको मृत्यु
सोमबार ललितपुरको स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षीया पुरुषको मृत्यु भयो । यसअघि, सिन्धुपाल्चोकमा १, बाँकेमा २, गुल्मीमा ३, बारामा २, ललितपुरमा २, अर्घाखाँचीमा २, दैलेखमा २, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा ४, डोल्पामा १, स्याङ्जामा २, चितवनमा १, पर्सामा १ र दाङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जाँच र उपचार
हालसम्म ३ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण हुँदा २४ घण्टामा १ हजार ८२२ आरडीटी मात्रै परीक्षण भएको छ । पीसीआर विधिबाट भने हालसम्म २ लाख २३ हजार ६३० परीक्षण भएकोमा पछिल्लो २४ घण्टामा ७ हजार ७९१ जनाको स्वाब परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३६८ छ भने आइसोलेसनमा १० हजार ८५ जना उपचाररत छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्