रेकर्ड कायम गर्दै एकैदिन डिस्चार्ज भए १४६२, कोरोना संक्रमित १४ हजार नाघे
३० को मृत्यु, असारको १७ दिनमै थपिए ८२९० संक्रमित,

काठमाडौँ । पछिल्लो २४ घण्टामा उच्च रेकर्ड बनाउँदै १ हजार ४६२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ६५६ पुगेको छ । मंगलबार ६० जनाले कोरोना जितेका थिए ।
बुधबार थपिए ४८२ संक्रमित
देशभर कूल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुष गरेर ४ सय ८२ जना संक्रमित थपिए । सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्रमित छन् । सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट आएका बालकालिका रहेको बताइएको छ ।
परिक्षण र उपचार
पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ पीपीआर परीक्षण गरिएको छ । अहिलेसम्म देशभर २ लाख ३३ हजार २ सय २७ पीसीआर परीक्षणहुँदा ३ लाख ६ सय २० आरडीटी जाँच भएको छ । देशभर क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् ।
असारको १७ दिनमै थपिए ८२९० संक्रमित
असार १ अर्थात सोमबार ४५१, मंगलबार ३८०, बुधबार ५८६ जना, बिहिबार सबैभन्दा बढी ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जनामा, आइतबार ४२१, असार ८ गते सोमबार ५३५ जनामा, मंगलबार ५३८ जना, बुधबार थप ६२९ जनामा र विहिबार ४३४ जनामा कोरोना संक्रमण पुष्टि भयो । शुक्रबार ५९३, शनिबार ५५४ जना कोरोना संक्रमित थपिए । आइतबार ४६३ र १५ गते सोमबार ४७६ संक्रमित थपिए । मंगलबार ३१६ र बुधबार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो एक महिना अर्थात जेठ १५ देखी असार १५ सम्ममै १२ हजार ३ सय ६३ जना संक्रमित थपिएका छन् ।
३० जनाको मृत्यु
बुधबार थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अछामस्थित होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि, सिन्धुपाल्चोकमा १, बाँकेमा २, गुल्मीमा ३, बारामा २, ललितपुरमा २, अर्घाखाँचीमा २, दैलेखमा २, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा ४, डोल्पामा १, स्याङ्जामा २, चितवनमा १, पर्सामा १ र दाङमा १ र रौतहटमा एक जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्