बर्खास्त भए दुई सैनिक अधिकृत, जनरल सैनिक समरी अदालत सक्रिय बन्दै

काठमाडौं । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । आचरण विपरीतको गतिविधिमा संलग्न भएको अभियोगमा सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।
जनरल सैनिक समरी अदालतले दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, सैनिक अनुशासन उल्लंघन गरेको लगायतका आचरण विपरित कसुरमा दोषी ठहर गरेको छ । बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई सैनिक अदालतको फैशला अनुसार बर्खास्त गरिएको जानकारी दिए । यसअघि गत जेठ ९ गतेमात्रै पाँच सैनिक जनरल सैनिक समरी अदालतबाट कारबाहीमा परेका थिए ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्