७४० संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो
६ हजार १ सय ४३ ले कोरोना जिते, ३२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमण जित्नेहरुको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।
काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको थियो । उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको र परिक्षणका क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
परिक्षण र कोरोना जित्नेहरु
पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म गरिएको पीसीआरको संख्या २ लाख ४२ हजार २ सय ४७ पुगेको छ । क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेकोमा ९ हजार ८४ जना संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्