Techie IT
Mission Khabar

देशका ५३ बढी जिल्लामा सहलको प्रकोप, १ हजार ६३ हेक्टर खेतीबालीमा क्षति


काठमाडौं । अहिलेसम्मको प्रारम्भिक अध्ययन अनुसार सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पुर्‍याएको र अहिलेसम्म देशभर १ हजार ६३ हेक्टरमा क्षति पुगेको जानकारी दिएका हुन् ।

सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको पाइएको छ । सलहले अन्य बालीको तुलनामा मकै र तरकारीमा बढी क्षति पुर्याएको मन्त्रालयको प्रारम्भिक आँकलन छ । नेपालमा ३५ लाख बढी सलह प्रवेश गरेको र ५३ बढी जिल्लामा सलह विस्तार भएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

केन्द्र तथा विज्ञहरुले सकभर विषादीको प्रयोग नगर्न आग्रह गर्दै ठूलो स्पीकर वा ध्वनी निकालेर सलहलाई बस्न नदिन कृषकहरुलाई आग्रह गर्दै आएका छन् । अधिकांश सलहको झुण्ड जंगली क्षेत्रमा बसेको आँकलन सहित उनीहरुको उडान लगायतको ट्रेसिङको काम भइरहेको छ ।


क्याटेगोरी : कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्