मालपोत र यातायातमा भीडभाड, सतर्कता नअपनाउदा कोरोनाको जोखिम

काठमाडौं । तीन महिना लामो लकडाउनमा अधिकांश नागरिकहरु घरभित्रै बसे । सरकारले असार १ बाट लकडाउनको मोडालिटि परिर्वन गरेर केही खुकुलो बनाएपछि भने देशभर चहलपहल बढेको छ । बजार पसल मात्रै होइन सरकारी कार्यालय समेत खुलेसँगै सेवाग्राहीको भीडभाड लाग्न थालेको छ ।
सरकारले भिडभाड हुने सरकारी कार्यालयमा सर्तकता अपनाउनका लागि दुई सिफटमा सञ्चालन गर्न भन्दै निर्देशन दिएको छ । तर, स्थलगत अवस्था हेर्दा त्यसको कार्यान्वयन भएको पाइदैन । हामीले सामान्य समयमा समेत सेवाग्राहीको भीडभाड हुने केही मालपोत र यातायात कार्यालयमा स्वास्थ्य सावधानी अपनाइएको छ वा जोखिम छ भन्नेबारे स्थलगत अवस्थाको अवलोकन गर्यौँ । ललितपुरको लगनखेलस्थित मालपोत कार्यालमा हामी पुग्दा कुनै पनि सुरक्षा सर्तकता अपनाइएको देखिन्थेन । गेटदेखी कार्यालय भित्रसम्म कोचाकोच गरेर सेवा लिइरहेका थिए, सेवाग्राही ।
ब्यवस्थापन पक्षको कमजोरी र सेवाग्रहीले समेत गरिरहेको लापरवाहीले ललितपुर मालपोतमा कोरानाको जोखिम उच्च देखिन्छ । सरकारले तापक्रम मापन, साबुन पानीको उचित ब्यवस्थापन र सेवाग्राहीबीचमा भौतिक दुरी कायम गरी कार्यालय सञ्चालन गर्न निर्देशन दिएपनि ललितपुर मालपोतमा भौतिक दूरी कायम नगरी भिडभाड गरिदैछ । तापक्रम नाप्न बसेका कर्मचारी कसैको तापक्रम जाँच नै नगरी सेवाग्राहीलाई कार्यालय प्रवेश गराइरहेका थिए । कार्यालयको शौचालयमा न त पानी थियो न त साबुन नै कार्यालय अस्तब्यस्त र फोहोरै नै फोहोर देखिन्थ्यो ।
यो प्रतिनिधि मालपोत कार्यालय मात्रै होइन्, अहिले यातायात व्यवस्था सेवा कार्यालयमा समेत उस्तै बिजोक अवस्था छ । हामी सानो भर्याङ र सुकेधारास्थित यातायात व्यवस्था सेवा कार्यालय पुग्दा पनि उस्तै ब्यवास्था थियो । सेवाग्राहीको भीडभाड, भौतिक दूरी कायम नगराइएको र नगरिएको दृश्य हेर्दा कोरोनाको जोखिम सरकारी कार्यालयबाट त बढ्ने होइन भन्ने आभाष हुन्थ्यो ।
कर्मचारी अभावलाई कारण देखाउँदै १० बजेदेखी मात्रै सेवा दिइरहेको सानो भर्याङको यातायात व्यवस्था सेवा कार्यालयमा टोकन समेत ५ सयभन्दा बढीको बिक्रि भइरहेको सेवाग्राहीको गुनासो थियो । सरकारले असार मसान्तसम्म सवारीसाधनको नविकरण र कर तिर्ने बाध्यकारी सूचना जारी गरेपछि अहिले सर्वसाधारण भीडभाड गर्दै जोखिम मोलेर कर तिर्न बाध्य भैरहेका छन् ।
सबै सेवा एकै पटक खुलाउदा सेवाग्राहीको भिड लागेको र सेवाग्राहीलाई सावधानी सहित सेवा लिन आग्रह गरेपनि सेवाग्राहीले नै अटेर गर्दा कोरानाको जोखिम बढ्न सक्ने देखिएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्