Techie IT
Mission Khabar

देशका ५१ जिल्लामा बाढीको पूर्वानुमान, प्रदेश १ र २ उच्च जोखिममा


काठमाडौं । असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा ठूलो बाढी आउने पूर्वानुमान सहित बाढी पूर्वानुमान महाशाखाले सबैलाई सतर्क रहन आग्रह गरेको छ । बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले सबैमाझ अनुरोध गरेको छ ।

असार २५ गतेदेखी देशभर जोखिम बढ्ने आँकलन गरेको महाशाखाले आजैबाट देशका ५१ जिल्लाका खोला तथा नदीमा बहाब बढ्न थाल्ने जानकारी गराएको छ । बाढी बुलेटिन अनुसार प्रदेश १ र २ को तराई भूभागमा बढी जोखिमको पूर्वानुमान गरिएको छ । आज समेत बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कताको तहसम्म पुग्ने अनुमान गरिएको छ ।

कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती, बबई, कर्णालीलगायतका नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि सबैमा सतर्कताको तहभन्दा तलै रहने आँकलन गरिएको छ । सम्भावित जोखिम कायमै रहेको भन्दै सजग हुन भनिएको छ ।

यस्तो छ तीन दिनको बाढी बुलेटिन


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्