बन्दाबन्दी खुकुलो भएसँगै घरजग्गा धितो राख्ने बढे, मालपोतको राजश्व संकलन नै अर्ब बढी

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गरेर केही खुकुलो गरेसँगै घरजग्गा धितोमा राख्नेको संख्या बढ्न थालेको छ । बन्दाबन्दी खुकुलो पारेको असार १ देखीको १८ दिनमा मात्रै देशभर १५ हजार १ सय ४२ घररजग्गा रोक्का भएका हुन् । यो संख्या सामान्य समयको भन्दा बढी हो । अझैपनि जग्गा रोक्का गर्नेहरुको भीड देशभरका मालपोत कार्यालयहरुमा लागिरहेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता समेत रहेका निर्देशक गुरुदत्त सुवेदीले मालपोत कार्यालयहरु सञ्चालनमा आएपछि राजश्व संकलनमा उल्लेख्य प्रगती भएको जानकारी दिए । १ असारदेखि १८ गतेसम्म मात्रै १ अर्ब ३२ करोड ४५ लाख ६३ हजार ८ सय ७३ रुपैयाँ राजश्व संकलन भएको छ । दिनप्रतिदिन यो कारोबार बढिरहेको छ । कार्यालय खुलेको पहिलो दिन असार १ गते मालपोत कार्यालयमा ३ करोड ४५ लाख रुपैयाँ राजश्व संकलन भएकोमा दोस्रो दिन बढेर ४ करोड ८६ लाख रुपैयाँ पुगेको थियो । तेस्रो दिन ७ करोड ८ लाख रुपैयाँ र चौथो दिन ९ करोड ५१ रुपैयाँ राजश्व संकलन भएको १८ औँ दिनमा १ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
असारको १८ दिनमा ९ हजार ८ सय ६० घरजग्गा मात्रै फुकुवा भएका छन् । २१ हजार ८ सय ९२ लिखत पारित भएको १८ दिनमा ५ सय ५६ वटा नामसारी भएको अभिलेख छ । यस अवधिमा ६ सय ५२ वटा श्रेस्ता खारेज भएका छन् । असार एक देखी १८ गतेसम्म ७५ वटा अपार्टमेन्टको लिखत पारित भएको पाइएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्