Techie IT
Mission Khabar

खस्किदै निर्यात : चिया, अलैची र अदुवाको आम्दानी घट्यो


काठमाडौं । भनिन्छ ‘कृषि प्रधान’ देश नेपाल । तर कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आइरहेको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यातमा समेत उल्लेख्य गिरावट आउँदा त्यसबाट हुने कृषकको आम्दानीमा पनि कमी आउन थालेको छ ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका कारण नेपालको निर्यात क्षमतामा निरन्तर ह्रास देखिएको छ । गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड ६ लाख एक हजार ६७२ किलो चिया निर्यात भएकोमा यो वर्षको सोही अवधिमा घटेर ८ करोड ३ लाख २५ हजार ७८७ किलोमा खुम्चिएको छ । चियाको निर्यातमा कमी आएसँगै यसबाट भित्रिने आम्दानी समेत घटेको छ । प्रवद्र्धन केन्द्र गत आव को (साउन–जेठ)मा २ अर्ब ८९ करोड ३५ हजार बराबरको आम्दानी चियाबाट भएकोमा यस आव (साउन–जेठ)मा २ अर्ब छ करोड ५३ लाख ६८ हजार मात्रै आम्दानी नेपाल भित्रिएको छ ।

नेपालबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने अलैँचीको परिमाण र आम्दानी समेत घटेको छ । आर्थिक वर्ष ०७५/०७६ को जेठ मसान्तसम्ममा ४८ लाख ८० हजार ९८५ किलोको अलैँची विदेश निर्यात भएकोमा चालू आर्थिक वर्षको जेठसम्ममा ४३ लाख नौ हजार ५०९ किलो मात्र निर्यात भएको तथ्यांक छ । गत वर्षको जेठ मसान्तसम्ममा चार अर्ब ३५ लाख ८७ हजार बराबरको आम्दानी अलैँचीबाट भएकोमा यो वर्षको जेठ मसान्तसम्ममा ३ अर्ब ४६ करोड दश करोड ४२ हजार बराबर मात्र आम्दानी भएको छ । नेपालबाट निर्यात हुने अदुवामा पनि यस वर्ष ठूलो परिमाणमा गिरावट आएको छ ।

गएको आव २०७५/०७६ (साउन–जेठ)मा एक करोड २८ लाख ८४ हजार ८४ किलो अदुवा निर्यात भएकोमा यो वर्षको सोही अवधिमा ७६ लाख ८४ हजार ७१६ किलो मात्र निर्यात भएको भन्सारको तथ्याङ्क छ । गएको वर्षको जेठ मसान्तसम्ममा ४२ करोड २१ लाख ६७ हजार २०० बराबरको आय भएको अदुवाको यो बर्षको आम्दानी घटेर ३६ करोड ५० लाख ८७ हजारमा सिमित भएको छ । वैदेशिक व्यापारमा कूल प्रतिशतको तीन दशमलव नौ प्रतिशत हिस्सा ओगट्ने अलैँचीको यस वर्ष १३ दशमलव छ प्रतिशतले आम्दानीमा गिरावट आएको छ भने दुई दशमलव तीन प्रतिशत हिस्सा ओगट्ने चियाको आम्दानीमा २८ दशमलव पाँच प्रतिशत र शून्य दशमलव चार प्रतिशत हिस्सा रहेको अदुवाको १३ दशमलव चार प्रतिशत गिरावट आएको छ ।

आयातको तुलनामा निर्यातको अवस्था कमजोर रहेपनि वर्षेनी नेपालबाट हुने निर्यालय खस्किदा ब्यापार घाटाको हिस्सा बढिरहेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्