Techie IT
Mission Khabar

५४ संक्रमित थपिएसँगै उच्च जोखिममा काठमाडौं उपत्यका, जम्मा संक्रमित १६ हजार नजिक


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४ सहित १८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारसम्म १५ हजार ९ सय ६४ जना कोरोना संक्रमित पहिचान हुँदा ६ हजार ८ सय ११ जनाको डिस्चार्ज भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । सोमबारसम्म ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित
काठमाडौंमा सबैभन्दा बढी २४ जना, ललितपुरमा २०, लमजुङमा ११, भक्तपुरमा १०, सप्तरी, कैलाली, र कास्कीका ८/८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६/६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५/५ जना, प्युठान र काभ्रेका ४/४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३/३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २/२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जना ।

काठमाडौंमा थपिएका संक्रमितमा नेपाल वायुसेवा निगमका तीन पाइलट दुई कोपाइलट र ११ एयर होस्टेज रहेका छन् । उनीहरु उद्धार उडान भरेर फर्किएपछि सोल्टी होटलको क्वारेन्टाइनमा बस्दैआएका थिए । सोही होटलमा आइसोलेट गरिने नेपाल वायुसेवा निगमले जनाएको छ ।

विगतमा उच्च संक्रमण देखिएका जिल्लाहरु सामान्य बन्दैगर्दा काठमाडौं उपत्यकामा जोखिम बढ्न थालेको छ । अन्य शहर तथा जिल्लाको तुलनामा बढी नै जनघनत्व रहेको काठमाडौंमा बजार पसलको चहलपहल पनि बाक्लिएको छ । बाहिरि जिल्लाबाट आउने र जाने क्रमले समेत निरन्तरता पाउँदा काठमाडौं उपत्यका कोरोनाको थप जोखिममा पर्नेतर्फ स्वास्थ्य विज्ञहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्