७० लाख सलह निष्कृय बनेसँगै टर्यो जोखिम, तत्काल नेपाल भित्रिने सम्भावना न्यून
काठमाडौं । नेपाल भित्रिएका सलह निष्क्रिय अवस्थामा पुगेको निष्कर्ष सहित सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलले अब किसान डराउन नपर्ने जनाएको छ । असार १३, १४ र १५ गते नेपाल भारत सीमा नाकाका चार ठाउँबाट करिब ७० लाखको हाराहारीमा नेपाल प्रवेश गरेका सलह कमजोर बनेकाले अब कुनै पनि क्षति नगर्ने कार्यदलले निष्कर्ष निकालेको हो ।
प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले अनुसार अनुमानित ७० लाख सलह नेपाल प्रवेश गरेको पाइएपनि अहिले छिन्नभिन्न भएको र केही एकै ठाउँमा मरेका कारण जोखिम कम भएको बताए । पछिल्लो तीन दिन देशका कुनै पनि भागमा सलहले क्षति नपुर्याएको प्लान्ट क्वारेन्टिन तथा बिषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । दाङ उपत्यकासम्म पुगेका सलह पूर्वी र पश्चिमी वायुको न्यून चापका कारण केही दिन त्यहीँ रोकिएको, उत्तरी भू भागमा उडेका सलह निष्क्रिय भएको र बागलुङका उत्तरी भूभागमा ठूलो मात्रामा सलह मृत भेटिएको पाइएको छ ।
देशैभरका विभिन्न जिल्लामा स–सानो संख्यामा सलह रहेको कार्यदलले जनाएको छ । दाङबाट गुल्मी, प्युठान, बागलुङतर्फ उडेका सलह थोरै मात्रामा जंगलमा रहेपनि क्षति गर्न नसक्ने अवस्थामा रहेको पाइएको छ । पूर्वी र मध्य तराईबाट भित्रिएको सलह पूर्वीय वायुको चापले पश्चिमतर्फ धकेलिए पनि सुदूरपश्चिम प्रदेशसम्म भने पुगेको छैन । भारतबाट नेपाल प्रवेश गरेजस्तै सलहका झुण्डहरू नेपालबाट भारततर्फ गएको समेत पहिचान भएको छैन ।
अबको तीन दिन सलह नेपाल आउँदैनन्
नेपालमा अबको तीन दिन सलह आउने सम्भावना नरहेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । प्लान्ट भिलेज तथा संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य कार्यक्रमले गरेको प्रक्षेपणका आधारमा यस्तो दाबी गरिएको हो । नेपालबाट नजिक भारतीय भूमिमा रहेको सलह अझै दक्षिणतर्फ अघि बढिरहेको सूचनाका आधारमा समेत नेपालका विज्ञहरु तत्काल सलह नआउनेमा ढुक्क देखिएका छन् । भैरहवाबाट करिब ७ सय किलोमिटर दुरीमा रहेको भारतको झाँसी, ओराई क्षेत्रमा रहेका सलह दक्षिणहुँदै मध्यप्रदेशतर्फ उडेको जनाइएको छ ।
तीन दिनका लागि सलह नेपाल भित्रिने सम्भावना कम भएपनि भारतको राजस्थानमा कलिलो वयस्क सलहको संख्या चार सय गुणाले बढेको र तिनीहरू उड्न सक्ने अवस्थामा रहेकाले जोखिम कायमै रहेको प्राविधिक कार्यदलका संयोजक हुमागाईंले जानकारी दिए । सलहका कारण देशभर १ हजार ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषि बालीमा क्षति गरेपनि मकैमा भएको क्षति बालीमै समस्या पार्ने खालको देखिएको छैन ।
क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्