Techie IT
Mission Khabar

जापानमा भीषण बाढी, दर्जनौँ बेपत्ता हुँदा ५० बढीको मृत्यु


सुर्य अधिकारी, फुकुओका । जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका परेर ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता छन् । जापानको विपद व्यवस्थापन विभागले कुमामोतोको नदी किनारा क्षेत्रबाट मात्र ४९ जनाको शव निकालिएको र अर्की एक वृद्धा घरभित्रै मृत अवस्थामा भेटिएको जानकारी दिएको हो ।

मंगलबार बिहानैदेखि सेना सहितका उद्धारकर्ताहरुले उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्र बनाएपनि प्रतिकुल अवस्थाका कारण खोजी कार्या प्रभावकारी बन्न सकेको छैन । जापानको दक्षिणी क्षेत्र क्युसुमा गत शुक्रबारदेखिको भिषण वर्षा भएको थियो । पानीसँगै आएको बाढीले व्यापक जनधनको क्षति गरेको छ । मौसम पूर्वानुमान विभागले क्युसुलाई केन्द्रविन्दु बनाएर अझै ठूलो वर्षा हुने आँकलन गरेको छ । जापानको पश्चिमी आधाजसो भागलाई प्रभावित तुल्याएको वर्षा पूर्वी क्षेत्रतर्फ अघि बढेको विभागले जनाएको छ । फुकुओकामा जापानी सेनाले मानिसलाई निकै जोखिमका साथ घरघरबाट उद्धार गरिरहेका छन् । सरकारले सम्भावित जोखिम तर्फ सचेत गराउँदै जापानको तेस्रो ठूलो द्वीपको रुपमा रहेको क्युसुबाट करिब ३० लाख मानिसलाई अन्यत्र सुरक्षित स्थलमा जान अलट जारी गरेको छ ।

वर्षा र बाढीको प्रकोप जारी रहँदा उद्धार कार्यमा दशौं हजार सेना, प्रहरी र अरु उद्धार कार्यकर्ता परिचालन गरिएका छन् । कुमा नदीको आसपासमा बाढी र पहिरोले सबैभन्दा बढी क्षति गरेको पाइएको छ । बाढी प्रभावित क्षेत्रका भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने सञ्चार, विद्युत्, खानेपानी, सडकलगायतका सञ्जाल अबरुद्ध छन् । कुमामोटो क्षेत्रमा हेलिकोप्टर समेत परिचालन गरेर उद्धार भइरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्