Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा थपिए २८ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

७ हजार ५ सयले कोरोना जित्दा ३५ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै मंगलबार २८ जनामा कोरोना संक्रमण पहिचान भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार मात्रै पनि काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जाँच र उपचारको अवस्था
पछिल्लो २४ घन्टामा ६ हजार १३३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हालसम्म पीसीआर जाँचको संख्या २ लाख ६१ हजार ८६१ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा उपचाररतको संख्या ८ हजार ६३४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ६८८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ७ हजार ४९९ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्