Techie IT
Mission Khabar

बिहिबारबाट शैलेश थापा क्षेत्रीले हाक्दै प्रहरी संगठन, अवशरसँगै धेरै चुनौती


काठमाडौं । नेपाल प्रहरीले चार वर्षपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षक (आईजीपी) नियुक्तीको अवशर पाएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको दौडमा रहेका शैलेश थापा क्षेत्रीलाई संगठनको २८ औं महानिरीक्षकमा बढुवा गरेसँगै यसअघि (डीआईजी) बाटै आईजीपीमा बढुवा हुने परम्पराले बिश्राम पाएको हो । नवनियुक्त आईजीपी थापासँग एआईजीका रुपमा साढे तीन महिना काम गरेको अनुभव छ ।

को हुन, नवनियुक्त आइजीपी थापा ?
आईजीपीमा नियुक्त भएका थापा २०२५ २३ मंसिर मा भक्तपुर, कटुञ्जेमा जन्मिएका हुन् । बुबा शम्भु थापाका कान्छा छोरा शैलेशले प्रहरी निरीक्षकका रुपमा १९ वैशाख २०४९ मा फौजमा प्रवेश गरे थिए । उनी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिन्छिन् ।

लोक सेवा आयोगले लिने इन्स्पेक्टरको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल उनी त्यसयता हरेक पदमा बढुवा हुँदा ब्याजको पहिलो नम्बरमा आफूलाई उभ्याउन सफल भएका छन् । राजनीतिक पहुँच र लबिइङमा कमजोर मानिने उनी इमान्दार भएकै कारण वरियतामा संगठनले माया गरेको अधिकृतका रुपमा चिनिन्छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाका बुबा शम्भु नेपाल प्रहरीकै अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) हुन् । बुबाकै प्रेरणाले थापा संगठनमा प्रवेश गरेको बताउँछन् ।

अवशरसँगै चुनौती
नवनियुक्त आईजीपी थापासामु अवशर भन्दा चुनौति बढी छन् । विगतमा एकजना महानिरीक्षकमा नियुक्त भएलगत्तै प्रतिष्पर्धीसँग पानी बाराबारको स्थिति हुने गरेकोमा थापा र प्रतिस्पर्धी हरिबहादुर पालले दुवैजना एकअर्कामा आरोप प्रत्यारोप नगरी अघि बढ्ने पूर्वघोषणा गरेर संगठनमा सकारात्मक सन्देष दिएका छन् । कार्यकालभरि यो सम्बन्धलाई कायमै राख्न सके थापाको नेतृत्व उदाहरणीय बन्ने छ । तर कोरोना महामारीकाबीच नेतृत्व सम्हालेका थापालाई फौजलाई सुरक्षित राखेर शान्ति, सुरक्षा कायम गराउनुपर्ने चुनौति छ ।

कोरोना (कोभिड–१९) का बीच लकडाउन खुकुलो भएसँगै अपराधको स्वरुप र विम्व परिवर्तन हुने अपराध अनुसन्धान विभागको निष्कर्षलाई उनको चुनौतीका रुपमा हेरिएको छ । प्रहरी कर्मचारीमा संगठनप्रति विश्वास गुम्दा नेतृत्वमा मात्रै होइन प्रहरी निरीक्षकभन्दा तल्लो तहका अधिकृत पनि सरुवा, बढुवाका शक्ति केन्द्र धाउने परम्परा विकास भएको छ । यस्तो परिस्थितिमा थापाले कसरी संगठन हाक्लान् भन्ने चासो धेरैमा छ ।

सरुवा–बढुवामा बढेको राजनीतिक दलका नेताको तीब्र हस्तक्षेप रोक्नुपनी उनको अर्को चुनौती हो । रिक्त रहेको एआईजीको दुई पदका लागि थापाकै ब्याची प्रद्युम्न कार्की, निरज शाहीलगायत प्रतिस्पर्धामा छन् । वैकल्पिक टोलीका विश्वराज पोखरेल, सहकुल थापाहरु पनि अहिल्यै एआईजीमा बढुवा भएर २९ औं महानिरीक्षकको स्थान सुरक्षित गर्ने होडमा छन् । यो प्रतिस्पर्धा मिलाउनुपनि उनका लागि अर्को चुनौती बन्नसक्छ । किनकी यहाँ राजनीतिक स्वार्थ जोडिनेछन् ।

जे होस ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाएसँगै बुधबार साँझ महानिरीक्षक ज्ञवालीको विदाई हुनेछ । बिहिबार नयाँ महानिरीक्षकको फूली लगाउसँगै थापाले प्रहरी प्रधान कार्यालयमा पुगेर २०७९ वैशाख १९ सम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्