Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा २३ सहित यी जिल्लामा थपिए २५५ कोरोना संक्रमित

काठमाडौंमा जोखिम बढ्दा संक्रमितको संख्या १६४२३


काठमाडौं उपत्यकामा थप २३ सहित पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा २५३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ७ हजार ७५२ पुगेको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् ।

यी जिल्लामा थपिए नयाँ संक्रमित
सबैभन्दा धेरै केलालीमा ३६ जना, रौतहटका ३३ जना, अछामका १७, काठमाडौंमा १६, कास्की र सुर्खेतका १४/१४ जना, डोटी र कञ्चनपुरका १२/१२ जना, झापाका ८, रुकुम पश्चिम र ललितपुरमा ७ जना, चितवन, पाल्पा, दैलेख र अछाममा ५/५ जना, मोरङ, सप्तरी र बझाङमा ४/४ जना, नवलपुर, गुल्मी र सर्लाहीमा ३/३ जना, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २/२ जना तथा तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा एकएक जना संक्रमित थपिएका छन् ।

परिक्षण र उपचारको अवस्था
देशभरका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ६९६ स्वाबको नमुना परीक्षण भएको छ । अहिलेसम्म २ लाख ६६ हजार ५ सय ५७ जनाको पीसीआर जाँच गरिएको छ । देशका ७७ जिल्लामा कोरोना विस्तार भएपनि ५ जिल्ला कोरोनामुक्त बनेका छन् ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्