Techie IT
Mission Khabar

सिन्धुपाल्चोक बाढीपहिरो अपडेट : घटनास्थल, उद्धारदेखी अस्पतालसम्म (फोटो डायरी)


काठमाडौं\बाह्रबिसे । बुधबार मध्यराति सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बुमा गएको पहिरो र भोटेकोशी नदीमा आएको बाढीमा परेर २ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य २० जना बेपत्ता छन् ।

पहिरोले १४ घरहरु पुरिएका छन् भने १ सय २ मेगावाट उत्पादन क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना क्षेत्र बाढीका कारण डुबानमा परेको छ ।

बाढी र पहिरोले वितण्डा मच्चाएको क्षेत्रका सांसदहरु बिहानैदेखि उद्धारमा सक्रिय बने । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेकपाका सांसद तथा सभामुख अग्नी सापकोटा हेलिकोप्टर लिएर घटनास्थल पुगे भने उनीसँगै नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुवोध पनि बाह्रबिसे पुगेका थिए । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र अर्का मन्त्री अरुण नेपालपनि बाढीपहिरो प्रभावित क्षेमा पुगे ।

सोही क्षेत्रका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनकुमार बस्नेत बिहानैदेखी बाढी पहिरो प्रभावित क्षेत्रमा खटिए । उनकै पहलमा घाइतेको उद्धार गरेर थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

नेकपा र नेपाली कांग्रेस दुई पार्टीका तीन हेलिकोप्टर उद्धारमा खटिएका थिए । सिन्धुपाल्चोकले केही वर्षदेखि एकपछि अर्को प्राकृतिक विपत्ति भोग्दै आएको छ । जुरे पहिरो र गत वर्ष आएको बाढीले पनि निकै क्षति पुर्याएको थियो ।

बाढीपहिरोका कारण अरनिको राजमार्ग अबरुद्ध भएको छ । अझै पानी परिरहेकाले जोखिम बढ्दा स्थानीय त्रसित छन् । सिन्धुपाल्चोक जम्बु पहिरोले पुर्याएको जनधनको क्षतीप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख प्रकट गर्नुभएको छ ।

घाइतेको काठमाडौंस्थित हेम्स अस्पतालमा उपचार हुँदै ।

फोटो : रामचन्द्र दुलाल


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot, #Sindhupalchok, #बाढीपहिरो

तपाईको कमेन्ट लेख्नुहोस्