फेरी देखिदैछ सलहको जोखिम, तराई तथा भित्री मधेशमा सतर्कता अपनाउन अपिल
काठमाडौं । भारतको राजस्थानहुँदै उत्तरतर्फ अघि बढेको सलहको ठूलो समूह नेपाल प्रवेश गर्नसक्ने आँकलन सहित सलह सूचना केन्द्रले तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढ्दा नेपाल भित्रिने जोखिम बढेको भन्दै केन्द्रले सीमावर्ती क्षेत्रमा सतर्कता सहितको आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको हो ।
उत्तरतर्फ अघि बढेको सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रको पूर्वानुमान छ । भारतको सीतापुर तथा साहजाहाँपुर क्षेत्रतर्फ अघि बढ्ने अनुमान गरिएको सलहको उक्त झुण्ड हावाको वहावसंगै नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको प्लान्ट क्वरिन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सलह अध्ययन गर्ने प्लान्ट भिलेज तथा संयुक्त राष्ट्रसंघ अन्र्तगतको खाद्य तथा कृषि कार्यक्रमले केन्द्रलाई उपलब्ध गराएको सलहको मूभमेन्ट सम्बन्धी जानकारीका आधारमा समेत सचेत रहन अपिल गरिएको हो ।
अनुकुल मौसममा राजस्थानको मरुभूमी (पश्चिम) तर्फ जानुपर्ने परिपक्व हुँदै गरेका सलहका झुण्डहरु हावाको बहावसँगै पूर्वउत्तरतर्फ लाग्दा हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढ हुँदै नेपाल छिर्ने आँकलन गरिएको छ । केही झुण्डहरु केही दिनमा नेपालमा प्रवेश गर्न सक्ने सम्भावना रहेपनि आउने नआउने हावाको बहाबमा भरपर्ने देखिन्छ ।
क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्