Techie IT
Mission Khabar

सप्तकोसीमा पानीको बहाब बर्षकै उच्च, ३८ ढोका खोलिए


काठमाडौं राजविराज । सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेसँगै रातो बत्ति बालिएको छ । शुक्रबार बिहानबाट पानीको बहाव बर्षकै उच्च मापन गरिएसँगै ब्यारेकका ५६ मध्ये ३८ ढोका खोलेर खतराको संकेत स्वरुप रोतो बत्ति बालिएको हो । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर प्रति सेकेन्डका २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी बहाव भइरहेको छ ।

सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउदै सुरक्षित रहन भनिएको छ । सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथिसम्म पानीको दबाब देखिएको छ । ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चितर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढ्दा थप जोखिम बढेको छ ।

कोसीमा पानीको बहाव बढ्दा हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भूभाग तथा पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडा जोखिममा परेको छ । बिहीबारदेखि मुलुकका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भएसँगै पहिरो र बाढीबाट ठूलो जनधनको क्षति भइरहदा कोसीको बहाबले समेत जोखिम बढाउने देखिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्