न्यूरोड क्षेत्रका व्यवसायी आन्दोलित, लकडाउन अवधिको ब्याज र घरभाडा छुटको माग
काठमाडौं । न्युरोड लगायतका विभिन्न क्षेत्रमा व्यापार व्यवसाय गर्ने साना तथा मझ्यौला व्यवसायीहरु आन्दोलित भएका छन् । लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहा लगायतका ब्यानर र प्लेकार्ड सहित पानीकै बीचमा न्युरोडमा जम्मा भएर व्यवसायीले प्रदर्शन गरेका हुन् ।
लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहा लगायतका माग बारे सरकारलाई बारम्बार ध्यानाकर्षण गराएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबारबाट आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो । कोरोना भाइरसका कारण समग्र उद्योगी व्यवसायीहरुले झेल्नुपरेका समस्यामा सरकार गम्भिर बन्न नसक्दा आन्दोलित हुनुपरेको व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाका विषयमा उचित निर्णय गर्न गराउन सरकारलाई आग्रह गर्दा नसुनेपछि आन्दोलनको बिकल्प रोज्नुपरेको बताए । राष्ट्रिय ब्यापार संघले समेत घर भाडा मिनाहाका साथै, ब्यजदरमा सहुलियत, किस्ता तिर्ने थप समय र राज्यलाई तिर्नुपर्ने बिभिन्न कर मिनाहा लगायतको माग सरकारसँग राख्दै आएको छ ।
सरकारले लकडाउन केहि खुकुलो बनाए पनि व्यापार व्यवसायमा लकडाउन कायमै रहेको, ग्राहक आउने आशैआशमा दिन विताउनुपरेको व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुले लकडाउन अवधिभरको ब्याज मिनाहा, ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्षपछि सार्न, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्न तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गराउन सरकारलाई दबाब दिदै आएका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्