Techie IT
Mission Khabar

पूर्वमन्त्री बस्नेतले गरे जम्बु क्षेत्रमा आफै उपस्थित भएर राहत वितरण


सिन्धुपाल्चोक । जम्बु र त्यस आसपासका क्षेत्रमा आएको बाढी र पहिरोका कारण पीडित बनेका ७३ घर धुरीलाई पूर्व मन्त्री मोहन बस्नेतले आफै उपस्थित भएर राहत वितरण गरेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वमन्त्री बस्नेतले जम्बुका २७ घरधुरीलाई राहतको साथमा दुई हजार नगद र बाढी पहिरोमा परेर ज्यना गुमाएका ७ घर धुरीलाई राहतको साथमा ७ हजार रुपैयाँ नगद समेत उपलब्ध गराएका हुन् ।

जम्बु आसपासका सिरिसे, खागदल, टाहार र रुम्टाका बाढी पहिरो पीडित ३९ घरधुरीलाई समेत नेता बस्नेतले राहत वितरण गरेका छन्। नेता बस्नेत बाढीपहिरोका कारण बाटो अबरुद्ध भएपनि भीरपाखाको बाटो हुँदै आफै उपस्थित भएर राहत वितरणमा सहभागि भएका थिए । बुधवार राति आएको बाढी र पहिरोले जम्बु र त्यस आसपाका क्षेत्रमा ठूलो धन जनको क्षति भएको थियो । जम्बु बाढी पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । ७ जना घाइते भएका छन् ।

पूर्वमन्त्री बस्नेत विहिबार विहानै घटना स्थलमा पुगरे बाढी पहिरोमा परी घाइते भएका व्यक्तिहरुको उद्धार गरेर हेलिकोप्टरमार्फत काठमाडौंमा उपचारका लागि पठाउन सक्रिय बनेका थिए ।


क्याटेगोरी : अर्थ / रोजगार, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्