Techie IT
Mission Khabar

१७ हजार संक्रमित मध्ये १० हजार बढीले जिते कोरोना, यी जिल्लामा थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा ११६ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गर्दा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

६ हजार ६ सय ९५ जना संक्रमित मात्रै हाल आइसोलेनसनमा रहेका छन् । मंगलबारसम्म क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् । देशका ७७ जिल्लामै कोरोना विस्तार भएपनि ४ जिल्ला संक्रमणमुक्त बनेका छन् ।

मंगलबार थपिएका संक्रमितको जिल्लागत विवरण
पछिल्लो २४ घण्टामा मात्रै सिरहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१, महोत्तरीका १९, अछामका १४, दैलेखका ६, दाङका ५, पाल्पाका ५ , कैलालीका ४, जुम्लाका ४, धनकुटाका ३, अर्घाखाँचीका ३, प्युठानका ३, रोल्पाका ३, काभ्रेपलान्चोकका २, पर्साका २, गोरखाका २, काठमाडौंका २, नवलपरासी पूर्वका २, रौटहटका १, सिन्धुलीका १, ओखलढुंगाका १, कैलालीका १, सिन्धुपाल्चोकका १, सुर्खेतका १, बाँकेका १, बर्दियाका १, कञ्चनपुरका १, नुवाकोटका १ जनामा कोरोना पुष्टि भएको छ ।

थप ३४ जनाले जिते कोरोना
पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेहरुको संख्या १० हजार ३२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट २ लाख ९३ हजार ७३९ परीक्षणहरु गरिएका छन् । हालसम्म कोरोना भाइरसका कारण ३८ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : ##कोरोना अपडेट, #breaking, #आइसोलेनसन, #कोरोना संक्रमणमुक्त, #कोरोना संक्रमित, #क्वारेन्टिन, #पीसीआर परीक्षण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्