तीन दिन भारी वर्षा नहुने, अहिलेसम्म बाढी पहिरोबाट ९५ को ज्यान गयो

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभर देशभरको मौसम बदली हुने छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट केहि दक्षिण तिर सरेको महाशाखाले जानकारी दिएको हो ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान मौसमविदले गरेका छन् । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । तर अघिल्ला दिनमा जस्तो धेरै पानी भने केही दिन पर्नेछैन ।
देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्नेतर्फ सचेत रहन आग्रह गरिएको छ ।काठमाडौं उपत्यकाका केही स्थानहरुमा मात्र हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । तर उपत्यकाका सबै स्थानमा वर्षा नहुने मौसमविदले बताएका छन् ।
तीन दिन भारी वर्षा नहुने
आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मनसुनी वायु कायमै रहेकाले बुधबार दिउँसो र राती केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेपनि ठूलो वर्षा र लगातारको झरीको सम्भावना तीन दिनलाई खासै नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वर्षबाट भएको जनधनको क्षति
असार २५ देखि २९ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ । मनसुन सुरु भएपछि अर्थात जेठ ३० गतेदेखि असार ३० गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी ९५ जनाको मृत्यु, ४७ जना बेपत्ता र ८२ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चट्याङमा परेर समेत १६ जनाले ज्यान गुमाउँदा कम्तिमा ५० जना घाइते भएका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्