Techie IT
Mission Khabar

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले गरे जम्बु पहिरो पीडितको घर बनाइदिने घोषणा


तातोपानी, रामचन्द्र दुलाल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका आएको बाढी पहिरोबाट परेर भत्किएका घर बनाउन पहल गरिदिने भएका छन् । असार २५ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरुले सुरक्षित जग्गा खोजेको अवस्थामा घर बनाउन कांग्रेस केन्द्रीय सदस्य बस्नेतले समन्वय गरेर घर निर्माण गर्न पहल गर्ने बताएका हुन् ।

विस्थापित र घरबारविहीन भएकाहरुको वडा कार्यालयले तथ्यांक संकलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले मिसन खबरलाई बताए । बाढीपीडितलाई सहयोग गर्ने क्रममा समेत उनले यस्तो प्रतिबद्धता गरेका थिए । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ८० घरपरिवार ताताोपानी ड्राइपोटमा अस्थायी रुपमा बसिरहेका छन् । नेपाली कांग्रेसबाट ५ हजार प्रति परिवार वितरण गरिएको छ । घाइते र मृतक परिवारलाई समेत गरि ५ लाख रुपैयाँ वितरण गरिएको बस्नेतले जानकारी दिए ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्र बाँनिया, प्रदेश सांसद निमा लामासहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो । नेता बस्नेतको समन्वयमा संसदीय दलले सहयोग गरेको भोटेकोशी कांग्रेस नेता साङ्वु शेर्पाले बताए । तातोपानी क्षेत्रमा बाढी पीडितलाई बाहिरबाट राहत लिएर जान अफ्ट्यारो थियो । यो अफ्ट्यारोको बाबजुद केही राहत उपलब्ध गराइएकोमा पिडितहरू खुसी भएका थिए ।


क्याटेगोरी : अर्थ / रोजगार, जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot, #इन्द्र बाँनिया, #बाह्रविसे बाढी पहिरो, #मोहनबहादुर बस्नेत

तपाईको कमेन्ट लेख्नुहोस्