Techie IT
Mission Khabar

साउन ४ देखी खोला र नदी क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन आग्रह


काठमाडौं । साउन ४ गतेदेखि नदीमा पानीको वहाव बढ्न सक्ने तर्फ सचेत गराउँदै सरकारले सतर्क रहन तटिय क्षेत्रका सबैलाई आग्रह गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न नदी र चुरे तथा तराई बहने नदीमा पानीको वहाव बढ्नेतर्फ सचेत गराएको हो ।

कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । साउन ४ गतेपछिका ५ दिन सतर्क रहन र बाढी र मौसमको पूर्वानुमानबारे जानकारी लिन प्राधिकरणले सबैलाई आह्वान गरेको छ । बिहीबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा सामान्य वहाव बढ्ने तर खतरामूलक नहुने बताइएको छ । कोशी र यसका सहायक नदीहरु भोटेकोशी, सुनकोशी, बलेफी, तामाकोशी लगायतका नदीमा पनि पानीको वहाब बढेपनि तत्कालै खतराको तहसम्म नपुग्ने जानकारी दिइएको छ ।

बाढी, पहिरो र डुवाका कारण गत जेठ ३० देखि साउन १ गतेसम्म १०० जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण ८४ जना घाइते भएका छन् भने अझै ४७ जना बेपत्ता छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्