Techie IT
Mission Khabar

अख्तियारमा मुद्धाको चाङ, आर्थिक वर्ष २०७६/०७७ मा ४४१ मुद्धा विशेष अदालतमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारसम्बन्धी मुद्धाको संख्या बिगतका बर्षभन्दा बढेको छ । अघिल्लो आर्थिक वर्षमा आयोगले ३५१ मुद्दा दायर गरेकोमा आर्थिक वर्ष २०७६/०७७ मा विशेष अदालतमा ४४१ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएका हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक बर्ष २०७६/०७७ मा अख्तियारले २५ प्रतिशत बढी मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार आब २०७६/०७७ मा २४ हजार ८९० उजुरी दर्ता भएको थियो । १६ हजार ५८६ वटा उजुरी फर्च्छ्यौट भएको र एक हजार ११४ को विस्तृत अनुसन्धान गरिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अहिलेको मुद्धा दर्ता विगत तीन दशककै सबैभन्दा बढी हो । घुस र रिसवत २०६, नक्कली प्रमाणपत्र ८५, सार्वजनिक सम्पत्तिको नोक्सानी ७४, गैरकानूनी लाभ हानी ३६, गैरकानूनी सम्पत्ति आर्जन १८, राजस्व हिनामिना १२ र १० वटा विविध विषयका मुद्दा विशेष अदालतमा दाहेर भएका थिए ।

४४१ मध्ये २८ वटा मुद्दाको बिगो एक करोड भन्दामाथि रहेको अख्तियारले जनाएको छ । मुद्दामा ६ जना विशिष्ट श्रेणीका राष्ट्र सेवक कर्मचारीसहित एक हजार १९६ जनालाई प्रतिवादी बनाईएको अख्तियारले जानकारी दिएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्