विश्वभर कोरोना संक्रमितको संख्या साँढे १ करोड नजिक, संक्रमण झनै भयावह बन्दै
काठमाडौं । विश्वमा कोरोना संक्रमणदर झनै भयावह हुँदै गएको छ । कोरोना भाइरस दैनिक संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । आइतबार बिहानसम्म १ करोड ४४ लाख २५ हजार बढीको संक्रमण पहिचान हुँदा ६ लाख ४ हजार बढीको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै झण्डै दुई लाख ६० हजार मानिसमा संक्रमण पुष्टि भएको छ । शनिबार विश्वभर दुई लाख ५९ हजार ८ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि शुक्रबार जुलाई १७ मा विश्वभर दुई लाख ३७ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । डब्लुएचओलेका अनुसार एकै दिन दुई लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण भएको यो पहिलो पटक हो । सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा संक्रमित थपिएका छन् ।
अमेरिकामा शनिबार अहिलेसम्मकै धेरै ७१ हजार ४८४ जनामा संक्रमण पुष्टि हुँदा ८१३ जनाको ज्यान गएको छ । यस्तै, ब्राजिलमा ४५ हजार ४ सय ३, भारतमा ३४ हजार ८ सय ८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३ सय ७३ जनामा शनिबार संक्रमण पुष्टि भएको छ । विश्वभर मे १० यता शनिबार सबैभन्दा धेरै व्यक्तिको कोरोना भाइरसबाट ज्यान गएको छ । शनिबार एकै दिन सात हजार ३ सय ६० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख २५ हजार भन्दा धेरै पुग्दा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा मात्रै संक्रमितको संख्या ३८ लाख ३३ हजार बढी पुगेको छ । जहाँ एक लाख ४२ हजार ८ सय भन्दा धेरैले कोरोनाबाट ज्यान गुमाएका छन् । १० लाख ७७ हजार बढी संक्रमित पहिचान भएको छिमेकी राष्ट्र भारतमा समेत मृत्यु हुनेको संख्या २६ हजार ८ सय बढी पुगेको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्