Techie IT
Mission Khabar

देशभर हल्कादेखी मध्यम वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


काठमाडौं । देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकाशं स्थानहरुमा बर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन बर्षा जारी रहने भन्दै सतर्कता अपनाउन सबैमाझ अपिल समेत गरेको छ । बागमती र गण्डकी प्रदेश भई बहने नदीमा बाढीको उच्च जोखिम, कर्णाली र सुदूरपश्चिम प्रदेशका नदीमा मध्यम जोखिम रहने पूर्वानुमा विभागले गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ४ गते आइतबार
देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानका साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको र यो क्रम कतिपय स्थानमा साँझसम्म रहने बताइएको छ ।

साउन ५ गते सोमबार
देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पूर्वानुमा मौसमविदहरुले गरेका छन् । राती देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साउन ६ गते मंगलबार
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना आँकलन गरिएको छ । देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले तटिय क्षेत्रमा बिशेष सतर्कता अपनाउन भनिएको छ । देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती समेत प्रदेश २,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानको पूर्वानुमान गरेको जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । नदी तथा खोला आसपासका बासिन्दा तथा पहिरोको जोखिम रहेका सम्भावित क्षेत्रका बासिन्दालाई सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #जल तथा मौसम विज्ञान विभाग, #डुबान, #पहिरो, #पानीको बहाव, #बाढी, #भारी वर्षा, #मौसम पूर्वानुमान महाशाखा, #मौसमविद, #वर्षा

तपाईको कमेन्ट लेख्नुहोस्