देशभर पहिरो र डुबानको त्रास, काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको मृत्यु भयो । वडाध्यक्ष मुकुन्द गजुरेलले गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको जानकारी दिए ।
१० मिनेटमै पुरिएका व्यक्तिलाई स्थानीयले निकालेपनि बचाउन नसकिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । नगरपालिकाका मेयर कृष्णहरि थापाले भने नगरपालिकाका विभिन्न स्थानमा ठाउँ ठाउँमा पहिरो गएपनि अन्य स्थानमा मानविय क्षती नभएको जानकारी दिए । डुबानको समस्या खासै नभएपनि नगरपालिका क्षेत्रमा पहिरोको जोखिम भने कायमै रहेको भन्दै मेयर थापाले सतर्क रहन सबैलाई अपिल गरेका छन् ।
यसअघि नै प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका १ सय ६७ ठाउँमा डुवान र पहिरोको जोखिम औल्याएको थियो । काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको जोखिममा रहेको भन्दै सम्भावित जोखिम व्यवस्थापनका लागि बेलैमा कदम चाल्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा विवरणसहित प्रतिकार्य योजना पेस गरे पनि गृहले जोखिम व्यवस्थापनमा चासो देखाएको थिएन ।
मनसुन सक्रिय भएसँगै देशभर सय बढीले ज्यान गुमाउँदा ठूलो जनधनको क्षती भएको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot, #कागेश्वरी मनोहरा, #काठमाडौं प्रहरी, #गागलफेदी, #गृह मन्त्रालय, #पहिरो, #पहिरो र डुबान, #बाढी
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्