Techie IT
Mission Khabar

विपद्धमा परदेशिएकाको साथ, दोलखाली समाज दक्षिण कोरियाबाट स्वास्थ्य सामाग्री सहयोग


सुरज बस्नेत, दोलखा । रोजगारीको क्रममा दक्षिण कोरियामा बसोबास गर्दै आएका दोलखालीहरुले आफ्नो जिल्लाका लागि भिटिएम सहित ठूलो परिमाणको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाईरसको जोखिम न्यूनिकरण तथा कोरोना परिक्षणका लागि आवश्यक पर्ने ३ लाख ६२ हजार बराबरको स्वास्थ्य सामाग्री दोलखाली समाज दक्षिण कोरियाले दोलखाका प्रमुख जिल्ला अधिकारी एव जिल्ला बिपद् व्यवस्थापन समिति संयोजक भिमकान्त शर्मालाई हस्तान्तरण गरेको हो ।

दक्षिण कोरियामा रहेका दोलखालीहरुले आफ्नो आम्दानीको केहि रकम संकलन गरेर दोलखाली समाज दक्षिण कोरियाको अगुवाईमा खरिद गरेर पठाइएको स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको पत्रकार लक्ष्मण खड्काले जानकारी दिए । स्वाब संकलनका लागि आवश्यक भिटिएम अभावका कारण नेपालमा कोरोना परिक्षणको दर घटिरहेका बेला दक्षिण कोरियामा रहेका दोलखालीले १२ सय थान भिटिएम सहितका स्वास्थ्य सामाग्रि सहयोग स्वरुप पठाएका छन् । कोरियावाट १२ सय थान भिटिएमसहित एक हजार थान सर्जिकल मास्क, २० थान पिपिई सेट, २ सय थान केएन ९५ मास्क, ५० थान लङ ग्लोब्स र १० प्याकेट ग्लोब बक्स पठाएको पत्रकार खड्काले जानकारी दिए ।

सहयोग स्वरुप आएको स्वास्थ्य सामाग्रीले कोरोना भाइरस रोकथामका लागि अग्र मोर्चामा खटिने स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा बसेर परिक्षण गराउनुपर्ने व्यक्तिको जाँच तथा उपचारमा सहयोग पुग्ने प्रजिअ शर्माले बताए । दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सुजन शर्मा ढुंगेल, महासचिव दिलिप दाहाल लगायतको पहलमा सहयोग संकल गरेर स्वास्थ्य सामाग्री स्वदेश पठाइएको थियो ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot, #केएन ९५ मास्क, #दोलखा, #दोलखाली समाज दक्षिण कोरिया, #पिपिई, #भिटिएम, #लक्ष्मण खड्का, #स्वास्थ्य सामाग्रि हस्तान्तरण

तपाईको कमेन्ट लेख्नुहोस्