Techie IT
Mission Khabar

गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत र ओभरसियर घुष रकम सहित पक्राउ


ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस मागेको खबर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर प्रमुख कार्यकारीको अधिकृत जैशी सहित ओभरसियर मोक्तानलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीलाई थप मद्धत गर्न महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाको टोली पनि गोदावरी नगरपालिकामा पुुगेको थियो । जैसी र मोक्तान १ लाख ५० हजार घुस सहित पक्राउ परेको अख्तियारले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात र दुबैलाई नियन्त्रणमा लिएर महानगरपालिकाको कारोबार माथी समेत अनुसन्धान थालेको छ ।

यसअघि पनि जैसी बिरुद्ध व्यवसायीहरुसँग मिलेर प्लटिङको जग्गा श्रीमतीको नाममा पास गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । जग्गा प्लटिङ ब्यवसायी र क्रसर तथा खानी सञ्चालकसँग बारम्बार बार्गेनिङ गरिरहेका जैसीले अन्य पेशा तथा ब्यवसायीलाई समेत दुख दिने गरेको भन्दै व्यापक गुनासो आएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #किशोर मोक्तान, #कृष्णप्रसाद जैशी, #क्रसर तथा खानी, #गोदावरी नगरपालिका, #घुस, #जग्गा प्लटिङ

तपाईको कमेन्ट लेख्नुहोस्