बाढी र पहिरोको उद्धार र राहतमा जुट्न नेता कार्यकर्तालाई नेकपाको निर्देशन, बैठक १३ गतेसम्म स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेता कार्यकर्तालाई जुट्न आह्वान गरेको हो ।
सत्तारुढ नेकपाले सरकारलाई पनि राहत र उद्धारमा जिम्मेवार बन्न आग्रह गरेको छ । विपद्धको समयमा आन्तरिक बैठकमा व्यस्त हुँदा जनतामा निरासा बढ्ने भन्दै स्थायी कमिटि बैठक साउन १३ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै भेटवार्ता भएपनि प्रधानमन्त्री ओली स्थायी कमिटि बैठकमा सहभागि थिएनन् ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्