Techie IT
Mission Khabar

देशैभर बाढी, पहिरो र डुबानको प्रकोप, २ सय ६६ को मृत्य हुँदा ९८ जना बेपत्ता


काठमाडौं । मनसुन सक्रिय भएको एक महिनमा नेपालमा बाढी र पहिरोमा परेर २ सय ६६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अविरल वर्षाकै कारण ठाउँ ठाउँमा गएको पहिरोमा परेर ९८ जना बेपत्ता भएका छन् ।

जेठ ३० गते देखी सुरु भएको मनसुनी वर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानमा परेर ९९ जना घाइते भएका छन् । बाढी, पहिरो र डुबानबाट २८२ भन्दा बढी घरहरू पूर्ण रुपमा क्षतिग्रस्त भएको, पहाडी क्षेत्रमा पहिरोको प्रकोप र तराईका विभिन्न भूभागहरू डुबानमा परेको पाइएको छ ।

राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हँँदा आवागमन अवरुद्ध भइरहेको छ । सयौँ परिवार घरबार विहीन र विस्थापित हुँदा सरकारको राहत र उद्धार सुस्त भएको भन्दै आलोचना भइरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot, #अविरल वर्षा, #घाइते, #पहिरो र डुबान, #बाढी र पहिरो, #बेपत्ता, #मनसुन सक्रिय, #मृत्यु

तपाईको कमेन्ट लेख्नुहोस्