महाधिबेशन वर्षको चर्चा, अन्तरद्धन्द्धले तोकिएकै मितिमा महाधिबेशन हुनेमै आशंका
सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसको यहि बर्ष होला त महाधिबेशन ?

काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले यसै बर्ष महाधिबेशन मार्फत शक्ति परिक्षण गर्ने तयारी थालेपनि आन्तरिक कलह बढ्दा तोकिएको मितिमा महाधिबेशन हुनेमै शंका पैदा हुन थालेको छ ।
यस्तो छ नेकपा महाधिवेशन चर्चा र यथार्थ
गत माघको केन्द्रीय समिति बैठकबाट २०७७ सालको चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिबेशन गर्ने निर्णय गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा एकाएक मंसिरमा सार्ने चर्चा चलेको छ । पार्टीको अन्तरकलह समाधानका लागि शनिबारको सचिवलाय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपनि सहमति जुट्न सकेको छैन । बरु शनिबार अर्का अध्यक्ष प्रचण्ड लगायतका बहुमत सचिवालय सदस्यले समर्थन जनाएको नेकपाको महाधिबेशन अघि सर्ने प्रस्तावले अहिले पार्टीमा थप विवाद बढाएको छ । बरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पार्टी एकताको काम नै नसकिएको भन्दै मंसिरमा महाधिबेशन हुनसक्ने भन्दै बिरोध गरिरहँदा अध्यक्ष प्रचण्ड समेत असहमत देखिएका छन् ।
महाधिबेशन जहिले भएपनि नेकपाभित्र सैद्धान्तिक र नेतृत्व चयनका बिषयमा भिषण जुहारी चल्ने निश्चित छ । पूर्वएमालेहरु जनताको बहुदलिय जनबादका पक्षमा उभिदा पूर्वमाओवादीहरु जबजका विपक्षमा देखिएकै कारण पनि नेकपाको आगामी एकता महाधिबेशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीका नेताहरुबाट चौतर्फी घेराबन्धीमा परेका अध्यक्ष ओली महाधिबेशनको मिति अघि सारेर त्यसैबाट बिवादको निकास खोज्ने पक्षमा देखिदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपनि माधवकुमार नेपाल लगायतका नेताहरु शंका व्यक्त गरिरहेका छन् । पुष्पकमल दाहाल अध्यक्षका प्रत्यासीका रुपमा खुलेर देखिएपनि प्रत्यासी को हुने निश्चित छैन । एकताको महाधिबेशनबाट सहमतिमा अध्यक्ष चयन हुन्छ वा पूर्व एमाले, पूर्व माओवादीका नाममा कित्ताकाट देखिन्छ यसका लागि भने महाधिबेशन नै पर्खनुपर्ने हुन्छ ।
कांग्रेस महाधिबेशन र अन्तरद्धन्द्ध
पूर्व निर्धारित समय अर्थात २०७७ फागुन ७, ८, ९ र १० गते महाधिबेशन गर्नुपर्ने बाध्यतामा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा भने महाधिबेशनको तयारी तिब्र देखिएको छ । हुनत, कांग्रेसमा पनि नेताहरुबीचको अन्तरद्धन्द्ध र मतमतान्तर कायमै छ । संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षले क्रियासिल सदस्यता वितरण तथा नविकरणमा आफ्ना मान्छे घुसाएर महाधिबेशन अघि नै षड्यन्त्र सुरु गरेको बरिष्ठ नेता रामचन्द्र पक्षका नेताहरुको आरोप छ । आन्तरिक द्धन्द्धकै बीच कांग्रेस मंसिरभित्र नगर, जिल्ला र प्रदेशको अधिबेशन सकेर फागुनमा महाधिबेशन गर्नेगरि तयारीमा जुटेको छ ।
कांग्रेसभित्र भने सभापति पदका लागि कोइराला परिवारका दुई भाई शेखर र शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, वर्तमान सभापति शेरबहादुर देउवा आकांक्षी देखिएका छन् । कांग्रेसभित्र तेस्रो धार बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिका उम्मेदवार बन्ने तयारीमा छन् । तर पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीचको गुटगत भेला र एकअर्काबीच बढ्दै गरेको अन्तरद्धन्द्धले तोकिएकै मितिमा कांग्रेसको महाधिबेशन हुनेमा समेत शंका उब्जाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिबेशन
राष्ट्रिय दलको मान्यता नपाएपनि पछिल्लो समय जनतामा आफ्नो प्रभाव बढाउँदै गएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत २०७७ सालमै पार्टीको महाधिबेशन गर्नेगरी तयारी थालेको छ । तीनवटा पार्टीको महाधिबेशन घोषणाका कारण बर्ष ०७७ लाई दलहरुको महाधिबेशन बर्षका रुपमा हेरिएपनि हुने नहुने निश्चित देखिएको छैन ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot, #अध्यक्ष प्रचण्ड, #केपी शर्मा ओली, #नेपाल कम्युनिष्ट पार्टी (नेकपा), #नेपाली कांग्रेस, #महाधिबेशन, #रामचन्द्र पौडेल, #राष्ट्रिय प्रजातन्त्र पार्टी, #शेरबहादुर देउवा
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्