Techie IT
Mission Khabar

हट्यो लकडाउन : बजारमा भीडभाड बढ्दा अर्थतन्त्र चलायमान होला कि जोखिम बढ्ला ?

कम होला त आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास ?


काठमाडौं । सरकारले चेत ११ गतेदेखि देशभर लागू गरेको लकडाउन करिब ४ महिनापछि अन्त्य गरिएको छ । आगामी विहिबार सकिन लागेको लकडाउन मन्त्रिपरिषद बैंठक मार्फत मंगलबार मध्यरातीदेखि नै अन्त्य गरिएको हो ।

सरकारले पटक–पटक गर्दै थप गरेर चार महिना पुर्याएको लकडाउन हटाएर आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लागेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने गरि सरकारले आगामी रणनीति तय गरेको छ ।

लकडाउन हटेपछि थप खुल्ला हुने सेवा तथा व्यवसाय

– साउन १५ बाट होटल खुल्ने, भोज र पार्टी गर्न नपाइने
– विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ भदौबाट
– सरकारी कार्यालयको दुई सिफ्टको व्यवस्था हट्यो
– नीजि सवारी साधनमा लागू गरिएको जोर विजोर हट्यो
–भदौ १ बाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन

अर्को निर्णय नआउँदासम्म बन्देज लगाइएका सेवा र व्यवसाय

शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिक बाहेक अरुलाई आवागमनमा लगाइएको रोक साउन ३२ सम्म कायमै रहनेछ ।

लकडाउन श्रृङखला
कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गर्यो । सुरूमा ८ दिनका लागि गरिएको लकडाउन पटक पटक थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो । केही क्षेत्र क्रमशः खुल्नेगरि लकडाउन हटाएको सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहेन जानकारी दिएको छ ।

लकडाउन हटाएर कोरोना बारेको त्रासदी कम गर्ने भनिएपनि बजारमा निर्वाध चलहपहल बढ्दा जोखिम बढ्नसक्नेतर्फ कतिपय स्वास्थ्य विज्ञहरुले सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् । डा. भगवान कोइरालाले समूदायस्तरमा कोरोना परिक्षण गरेर कोरोनाको अवस्था एकिन गर्न सरकारले नमानेको भन्दै बिरोध जनाएपनि अन्य स्वतन्त्र विज्ञहरुले जाँच र सचेतनामा सरकारले हेलचेक्राई गर्न नहुने बताइरहे । तर सरकारले एक्कासी लकडाउन हटाएर सबै क्षेत्रलाई चलाएमान गराउँदा भोली अमेरिका, ब्राजिल, भारत लगायतका देशमा जस्तो भयाबह स्थिति छ आउँदैन भनेर चिन्ता गर्ने जमात पनि बढ्न थालेको छ ।

रोगले भन्दा भोकले मनुपर्ने अवस्था आएको भन्दै ब्यापक बिरोध भएपछि सरकारले लकडाउन खुकुलो पार्दै हटाउने निर्णय गर्नु स्वभाविक कदम हो । अब हरेक व्यक्ति व्यक्तिले स्वास्थ्य सावधानीमा ध्यान दिएर जोखिम कम गरौँ । आफू पनि बचौँ, अरुलाई पनि बचाउन भुमिका खेलौँ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #कोरोना रोकथाम, #जोखिम, #डान्स बारलगायतका मनोरञ्जन स्थल, #नियन्त्रण, #बजारमा भीडभाड, #लकडाउन, #व्यूटी पार्लर, #शैक्षिक संस्था, #सरकार, #सवारी साधन, #सिनेमा हल, #सैलुन, #हवाई उडान, #होटल

तपाईको कमेन्ट लेख्नुहोस्