Techie IT
Mission Khabar

कमजोर बन्दै मनसुन, मौसमविद भन्छन–जोखिम अझै टरिसकेको छैन


काठमाडौं । मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गएपनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनकारी दिएको छ । अझै मनसुनी वायु नेपाल भित्रिने क्रम जारी रहेपनि वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेका कारण मनसुन कमजोर बनेको विभागले जानकारी दिएको हो ।

मौसमविदका अनुसार अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ । न्यूनचापीय रेखा नेपालको पूर्वी भेग नजिक रहेकाले रातिमा मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताए । साउन ४ र ५ गते जसरी लगातार वर्षा नहुने भएपनि केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको उनले बताए । बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएपनि बिहिबारदेखी थप कमजोर हुने पूर्वानुमान गरिएको छ ।

बिहीबार अपराह्न देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । प्रदेश १ र प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पुर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव घट्ने र सतर्कता तलै हुने भएकाले प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम टरेको छ । कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा बहाव घटेपनि कन्काई, कमला र वाग्मतीका केही सहायक नदीमा आकस्मिक बहावका कारण बाढीको जोखिम रहेको भन्दै सचते रहन आग्रह गरिएको छ ।

देशभर मनसुनी वर्षाको सम्भावना कायमै रहेपनि जोखिम बढाउने गरि भारी वर्षा पनि अधिकांश स्थानमा नहुने मौसमविदले बताएका छन् ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot, #जल तथा मौसम पूर्वानुमान महाशाखा, #जल तथा मौसम विज्ञान विभाग, #डुबान, #पहिरो, #बाढी, #बाढी पुर्वानुमान महाशाखा, #मनसुन कमजोर बन्दै, #मनसुनी वर्षा, #मौसमविद

तपाईको कमेन्ट लेख्नुहोस्