Techie IT
Mission Khabar

काठमाडौँ उपत्यकामा ९ सहित थपिए १४७ संक्रमित, १२८४० ले जिते कोरोना

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३


काठमाडौं । पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ५, भक्तपुरका २ र ललितपुरका २ जनालाई कोरोना पुष्टि भएको छ । देशभर बिहिबार साँझसम्म ५ हजार ३५८ जना सक्रिय संक्रमित रहेका छन् । डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० रहेको छ ।

कहाँ कहाँ थपिए संक्रमित ?
धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, ललितपुरका २, काठमाडौंका ५, महोत्तरीका १, पर्वतका १, कास्कीका २, स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना

कोरोना परिक्षणको अवस्था
बिहीबारसम्म पीसीआर विधिबाट ३ लाख ३१ हजार ९५ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घन्टामा ३ हजार ४८१ परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा २० हजार ९८ जना रहेका छन् ।

मृतकको संख्या ४३ 
साउन ७ गते कोरोना संक्रमण पुष्टि भएका वीरगञ्जका ७० वर्षका वृद्धको मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उहाँलाई कोभिड अस्पतालमा राखिएको थियो । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै बढेको सार्वजनिक सवारी र बजारको भीडभाडले कोरोना थप समुदायमा विस्तार हुने भन्दै स्वतन्त्र स्वास्थ्य विज्ञहरुले सरकारलाई चेतावनी दिदै आएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #काठमाडौं उपत्यका, #कोरोना संक्रमित, #मृत्यु, #लकडाउन अन्त्य, #संक्रमण पुष्टि, #सरकार, #सार्वजनिक सवारी, #स्वासप्रस्वासमा समस्या, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य विज्ञ

तपाईको कमेन्ट लेख्नुहोस्