Techie IT
Mission Khabar

लकडाउन खुलेसँगै न्यूरोड लगायतका बजारमा भीडभाड, बढ्दै कोरोना महामारीको त्रास


काठमाडौं । चार महिना लामो बन्दाबन्दी खुलेसँगै पसल तथा बजारमा भीडभाड बढ्न थालेको छ । सरकारले लकडाउनको अन्त्य गरेसँगै काठमाडौंको होलसेल तथा व्यस्त बजार क्षेत्र न्यूरोड, असन, इन्द्रचोकमा लगायतका स्थानमा किनमेल गर्नेहरुको भिड लागेको हो ।

अहिले न्युरोड, असन र इन्द्र चोकका अधिकांश बजार पसलहरु खुलेका छन् भने चार महिनादेखि किनमेल गर्न नपाएकाहरु न्युरोडमा आफूलाई चाहिएको सामान किन्न व्यस्त देखिएका छन् । सरकारले कोरोनाका कारण जनमानसमा परेको त्रासदी कम गर्न भन्दै बन्दाबन्दी खुल्ला भएको घोषणा गरेपनि भीडभाड हुने क्षेत्र फिल्म हल, रेस्टुरेन्ट लगायत मनोरञ्जनात्मक क्षेत्र, विद्यालय, जिम हल लगायतमाथीको बन्देज कायमै राखेर जोखिम कायमै रहेको शन्देष दिन खोजेको छ । तर लकडाउन खुलेको घोषणासँगै किनमेल गर्दा कुनै भौतिक दूरी अपनाइएको देखिदैन । अझ बजारमा पुग्ने कतिपयले कोरोनाको संक्रमण पूर्णरुपमा टरेजसरी मास्क समेत नलगाउँदा महामारीको जोखिम बढेको छ ।

बजार पसल खुलेर व्यवसाय चल्दा अर्थतन्त्र चलायमान भएपनि भीडभाड गरेर आवश्यक स्वास्थ्य सावधानीमा बेवास्ता गरिदा बढ्नसक्ने जोखिमतर्फ कसैले पनि चासो देखाएको देखिदैन । कतिपय स्वास्थ्य विज्ञहरुले त सरकारले आवश्यक पूर्व तयारी र कोरोनाको अवस्थाको एकिन नगरि बन्दाबन्दी खोलेको भन्दै थप महामारी बढ्ने भन्दै चेतावनी दिदै आएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #breaking, #अर्थतन्त्र, #असन र इन्द्र चोक, #कोरोनाको त्रास, #न्युरोड, #बजारमा भीडभाड, #लकडाउनको अन्त्य, #व्यवसाय, #स्वास्थ्य सावधानी

तपाईको कमेन्ट लेख्नुहोस्